सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने

सारांश

  • नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पु¥याएको छ ।
  • बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो ।
  • हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ ।

२४ असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पु¥याएको छ । बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो । हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ । सुनको मूल्य निरन्तर बढ्दै गएको छ । शुक्रबार प्रतितोला मूल्य २ लाख ३५ हजार पुगेको छ । लगानीकर्ताहरूका लागि सुन सुरक्षित विकल्प बन्दै गएपछि माग थप बढेको बताइन्छ ।

साथै, राष्ट्र बैंकले फिर्ता नहुने रेमिट्यान्स (विप्रेषण) सीमा पनि २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पु¥याएको छ । अब नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म वा कम्पनीहरूले विभिन्न प्रयोजनका लागि दैनिक २५ लाखसम्म रकम विप्रेषण कम्पनीमार्फत ल्याउन सक्नेछन् । यस्तो रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात लिनु पर्ने र प्रत्येक महिनाको अन्त्यमा सम्बन्धित विभागहरूमा विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड
सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक बस्दै