उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन

सारांश

  •   जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसद कायम राख्नुपर्ने बताएका छन् ।
  • उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान संशोधन र  पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नुपर्दछ ।
  • संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन सक्दैन ।

२७ भदौ, काठमाडौं । 

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसद कायम राख्नुपर्ने बताएका छन् । उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान संशोधन र  पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नुपर्दछ । संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन सक्दैन ।’ उनले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णय सकारात्मक भएको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ ।’ राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्वप्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने बाँकी छ । आज पनि वार्ता जारी छ ।  यसअघि आजै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रस्तावित  अन्तरिम सरकार प्रमुखमा सुशीला कार्कीलाई समर्थन जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे
सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
प्रतिनिधि सभा बैठकको शून्य समय : कुन सांसदले भने भने ?
प्रतिनिधि सभा बैठकको शून्य समय : कुन सांसदले भने भने ?
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल