तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
  • बजारमा तरलता बढी भएकाले सो रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
  • राष्ट्र बैंकले निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बजारमा तरलता बढी भएकाले सो रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। उक्त निक्षेप २१ दिनका लागि हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ भने बढीमा पाँच करोडले भाग गर्दा आउने निःशेष रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।

सावाँ तथा ब्याज भुक्तानी यही भदौ २९ गते हुने जनाइएको छ। ब्याजदर समेत बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार यस निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बहु ब्याजदरमा बहुबोलकबोल गर्ने व्यवस्था समेत गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
पाकिस्तान र अफगानिस्तानमा भूकम्प धक्का
पाकिस्तान र अफगानिस्तानमा भूकम्प धक्का
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान