तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बजारमा तरलता बढी भएकाले सो रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। उक्त निक्षेप २१ दिनका लागि हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ भने बढीमा पाँच करोडले भाग गर्दा आउने निःशेष रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।
सावाँ तथा ब्याज भुक्तानी यही भदौ २९ गते हुने जनाइएको छ। ब्याजदर समेत बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार यस निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बहु ब्याजदरमा बहुबोलकबोल गर्ने व्यवस्था समेत गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment