स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २१, २०८०
|
|
१८ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन

सारांश

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को उद्घाटन गरेका छन् ।
  • त्रि.
  • वि.

२१ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को उद्घाटन गरेका छन् ।

त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको ‘पोइजन इन्फरमेसन सेन्टर’ को मन्त्री बस्नेतले बिहीबार शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उद्घाटन गरेका हुन् । बि.वि. शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरू मार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालमा विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनीय काम गरेको बताए ।

मन्त्री बस्नेतले भने, ‘यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिन कै काम गर्ने  छ । ’ त्रिवि शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै विपन्नको उपचारलाई अझ प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । देशका ७ सय ५३ वटै पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यका साथ विगतमा एकै साथ शिलान्यास गरिए पनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका विषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको मन्त्री बस्नेतले बताए ।

आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि स्वास्थ्य क्षेत्र सुधारका विभिन्न योजनासँगै स्वास्थ्यमा जनशक्ति थप गर्ने योजनालाई उच्च प्राथमिकता दिएकाले निकट भविष्यमै स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न लागेको बस्नेतले दाबी गरे । विसं २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी बढेको थिएन । मन्त्री बस्नेतले भने , ‘  यो पटक धेरै मेहनत पछि दरबन्दी थप हुने कुराको टुङ्गो लागेको छ । सङ्ख्याका विषयमा छिट्टै जानकारी आउला ।’ नेपालमा बर्सेनि ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिसतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउँदै बताउँदै विष सेवन पछिको उपचारका विषयमा कुनै जानकारी लिनु परेमा ०१ ४५०२०११ मा फोन गर्न सकिने जानकारी दिए । कार्यक्रममा अर्का चिकित्सक डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताए । उनले बिस सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रूपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको दाबी गरे । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्या सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.दिनेश काफ्लेको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
बढ्यो सुनको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह
विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
आज संवैधानिक परिषद्को बैठक बस्दै। 
आज संवैधानिक परिषद्को बैठक बस्दै।