२६ भाद्र २०८२, बिहीबार

मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु

३१ साउन, काठमाडौं ।

मकवानपुरको भीमफेदी कारागारमा चितवनका ४३ वर्षीय कैदी विष्णुप्रसाद दुलालको मृत्यु भएको छ। आज बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गरिएको भए पनि ५:५१ बजे बाथरूममा लडेका उनी अचेत भए।

हेटौंडा अस्पताल लैजाँदा चिकित्सकले बिहान ६: ५५ बजे मृत घोषणा गरेका हुन्। जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भोगिरहेका दुलालको मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment