ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
४२ पटक हेरिएको
Shares
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का

सारांश

  •   ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
  • बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।
  • समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै शुरु गर्नुपर्ने उहाँको धारणा छ ।

१ साउन, काठमाडौं । 

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताउनुभएको छ । बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै शुरु गर्नुपर्ने उहाँको धारणा छ । खान नपुग्ने नागरिकको घरसम्म उर्जामार्फत समृद्धि पु¥याउनको लागि सरकार क्रियाशील रहेको पनि बताउनु भयो ।

उहाँले उर्जा क्षेत्रमा विगतमा भएका कामहरुको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताउनु भयो । मन्त्री खड्काले विद्युत आयोजनाहरुका अकल्पनीय क्षतिहरु हुने गरेको कारण क्षति न्युनिकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै शुरु गरौं भन्ने मेरो कुरा हो । सबै नागरिकले सहभागि हनुसक्ने गरी उर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । हुनेलाई मात्र नभई नहुने नागरिकले पनि यस क्षेत्रमा आवद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, उर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस् ।

त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन । विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो । र अझ बढी आवश्यक छ । विद्वान मान्छेहरुका कुरा सुनेको छु, राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरुका कुराहरु सुनेको छु । जसले जे भनेपनि उर्जा क्षेत्रको विकासमा ढिलाई गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ । अझैपनि सबै घरमा विद्युत पु¥याउन नसकेको आवश्यकता छ । सबै घरधुरीमा विद्युत पुर्यार सबै चुल्होमा विद्युत पु¥याउने मन छ ।’मन्त्री खड्काले उर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने
न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ
सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...