एमालेलाई कसैले धुलो पार्न सक्दैन: अध्यक्ष ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
एमालेलाई कसैले धुलो पार्न सक्दैन: अध्यक्ष ओली

सारांश

  • प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन्।
  • जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उनले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए।
  • अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन।

१४ असार, काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन्। जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उनले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए। अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन।”

उनले एमाले एक रहेको र एक रहने उल्लेख गरे। प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) मार्क्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पुर्‍याभएको योगदान र दिएको दिशानिर्देश नेपालको राजनीतिक विकासक्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए। “जतिबेला विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक सङ्कट पैदा भएको थियो, त्यसबेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले) ले नयाँ विचार अगाडि सारेको थियो”

, उनले भने, “तत्कालनि परिस्थिति कसरी सामना गर्ने भन्ने अवस्थामा मदन भण्डारीले सोचबुझका साथ समयानुकूल ढङ्गले पार्टीलाई अगाडि बढ्नुभएको थियो।”आफूहरुले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएकोसमेत उल्लेख गरे। मदन भण्डारीले आफूलाई समयानुकूल ढङ्गले अगाडि बढाउँदै जनताको बहुदलीय जनवाद (जबज) को विचार निर्माण गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आज पनि नेपाल सोही विचारलाई मियो मानेर अगाडि बढेको सुनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
भारतीय उद्योगपति रतन टाटाको निधन
भारतीय उद्योगपति रतन टाटाको निधन
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
सर्लाहीको दशगजामा पुरुषको बेवारिसे शव फेला
सर्लाहीको दशगजामा पुरुषको बेवारिसे शव फेला