आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव

सारांश

  • खानेपानी मन्त्री प्रदीप यादवले सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताएका छन् ।
  • विराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना, नेपाल खानेपानी संस्थान, विराटनगर शाखालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वच्छ खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व भएको बताए ।
  • ‘जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो,मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ’, उनले भने ।

२८ जेठ, विराटनगर ।

खानेपानी मन्त्री प्रदीप यादवले सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताएका छन् ।विराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना, नेपाल खानेपानी संस्थान, विराटनगर शाखालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वच्छ खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व भएको बताए ।

‘जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो,मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ’, उनले भने । सरकार आफ्नो उद्देश्य र दायित्व पूरा गर्न प्रतिबद्ध रहेको उनको दाबी छ । झन्डै १८ वर्षदेखिको प्रतीक्षा सकिएको बताउँदैै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको बताए ।

आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले जानकारी दिए । आयोजनाले बिराटनगर–१४ सहित नजिकको नरही, वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका बासिन्दा पनि लाभान्वित हुने संस्थानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री
‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन