आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव

सारांश

  • खानेपानी मन्त्री प्रदीप यादवले सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताएका छन् ।
  • विराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना, नेपाल खानेपानी संस्थान, विराटनगर शाखालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वच्छ खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व भएको बताए ।
  • ‘जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो,मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ’, उनले भने ।

२८ जेठ, विराटनगर ।

खानेपानी मन्त्री प्रदीप यादवले सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताएका छन् ।विराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना, नेपाल खानेपानी संस्थान, विराटनगर शाखालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वच्छ खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व भएको बताए ।

‘जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो,मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ’, उनले भने । सरकार आफ्नो उद्देश्य र दायित्व पूरा गर्न प्रतिबद्ध रहेको उनको दाबी छ । झन्डै १८ वर्षदेखिको प्रतीक्षा सकिएको बताउँदैै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको बताए ।

आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले जानकारी दिए । आयोजनाले बिराटनगर–१४ सहित नजिकको नरही, वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका बासिन्दा पनि लाभान्वित हुने संस्थानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
यस्तो रहने छ आजको मौसम
यस्तो रहने छ आजको मौसम
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
भण्डारीको सदस्यताबारे यो महाधिवेशन केन्द्रित कुरा होइन :प्रधानमन्त्री ओली
भण्डारीको सदस्यताबारे यो महाधिवेशन केन्द्रित कुरा होइन :प्रधानमन्त्री ओली
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित
नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !
नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...