आलमलाई आजै कारागारबाट छाडिने
१४ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई आजै कारागारबाट छाड्ने तयारी गरिएको छ । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ आजै सफाइ दिएको थियो । आदेशसँगै उच्च अदालत वीरगञ्जबाट पत्र आइपुगेको र केहीबेरमै छाड्ने तयारी गरिएको कारागार स्रोतले जानकारी दिएको छ ।‘अदालतबाट पत्र आइपुगेको छ, केहीबेरमा छाड्नेगरी आवश्यक प्रक्रिया अघि बढाएका छौं,’ स्रोतले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment