संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलनको तयारी गर्दै गृहमन्त्री लेखक
१४ जेठ, काठमाडौं ।
भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् । उनी निकट स्रोतका अनुसार प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी छ ।
तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ । गृहमन्त्री लेखकले संसद्मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यही सम्बोधन गर्ने तयारी छ’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment