२६ जेष्ठ २०८२, आईतवार

पूर्वमन्त्री प्रदीप नेपालको निध*न

 

२३ वैशाख, काठमाडौं :

वामपन्थी नेता एवं साहित्यकार प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ७१ वर्षीय नेपालको मंगलबार दिउँसो निधन भएको हो। नेपाल केही दिनदेखि अस्पतालमा भर्ना थिए र सोमबार उनलाई आईसीयू सारिएको थियो। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित उनी पछिल्लो समय निमोनियाबाट ग्रस्त थिए।

नेता नेपाल मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री रहेका थिए। पछिल्ला वर्षमा भने उनी राजनीतिक रूपमा सक्रिय थिएनन्। राजनीतिसँगै साहित्यमा पनि उनको गहिरो योगदान छ। ‘सञ्जय थापा’ नामबाट चिनिने नेपालले एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment