सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
४७ पटक हेरिएको
Shares
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ

सारांश

  • आज (आइतबार) शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताएका छन् ।
  • ‘हामी शिक्षक हौं ।
  • लाठी छैन, केही छैन।

 

१४ वैशाख, काठमाडौं- 

नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ। आज (आइतबार) शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताएका छन् । ‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन। शान्त आन्दोलनमा घुसपैठ गराएर सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन,’ उनले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छन् ।

हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।’ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गर्दा १५ बढी शिक्षक घाइते भएको महासंघले जनाएको छ । आन्दोलनमा बल प्रयोगपछि शिक्षकहरू झन आक्रोशित भएका छन्। भोलि थप शिक्षक कर्मचारी काठमाडौं आउने महासंघले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन् । अब हामी पनि आउँछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नु भएको छ,’ अध्यक्ष सुवेदीले भने । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनलाई ‘अन्तिम र निर्णायक धक्का’ दिनुपर्ने अवस्था आएको भन्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीलाई राजधानी आउन आह्वान गरेको छ ।

आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने कार्य कतिपय स्थानीय तहबाट भएको महासंघले जनाएको छ। संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न स्थानीय तहलाई आग्रह गर्दै महासंघले यस्ता गतिविधिबाट विचलित नहुन सबै शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ । महासंघले आन्दोलनलाई निर्णायक बनाउँदै शिक्षकको हकहित सुनिश्चित गर्न सम्पूर्ण शिक्षक कर्मचारीलाई साथ दिन आह्वान गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै ‘अग्रगामी ऐन’ जारी गराउन अन्तिम धक्का’ आवश्यक भएको उल्लेख छ । महासंघले २०८१ चैत्र २० गतेबाट सुरु भएको शैक्षिक सडक आन्दोलन २५ दिन नाघिसकेको जनाएको छ । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–मैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
काठमाडौं आइपुगे शेरबहादुर देउवा
काठमाडौं आइपुगे शेरबहादुर देउवा
प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा
प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा