आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

सारांश

  • भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।
  • आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् ।
  • पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् ।

७ वैशाख, काठमाडौं ।

भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ । दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन् । शुक्रबार बेंगलुरुको मैदानमा भएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो । अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ ।

आजको खेल जिते पञ्जाब शीर्षमा उक्लनेछ भने प्लेअफको सम्भावना पनि बलियो बनाउँदै लाने छ । त्यस्तै दोस्रो खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नइ सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुकी पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ । सर्वाधिक ५-५ पटकका उपाधि विजेता यी दुई टोली हाल अंकतालिकामा बटम हाफमा छन् । मुम्बई ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा ४ अंक जोड्दै १०औं स्थानमा छ । यसअघि चेन्नईको घरेलु मैदानमा भएको खेलमा चेन्नई ४ विकेटले विजयी भएको थियो । त्यसयता लगातार ५ खेलमा पराजित भएको चेन्नईले पछिल्लो खेलमा लखनउलाई हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा