आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
७ वैशाख, काठमाडौं ।
भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ । दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन् । शुक्रबार बेंगलुरुको मैदानमा भएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो । अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment