दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
इसराइल। रोहित साह
शनिबार बिहान अचानक ठुलो आवाज आउँछ, के भयो के भयो भनेर डरायौं। केही बेरमै खवर आउँछ पलेस्टाइन हमास नामक आतंक समुहले इसराइल को गाजापट्टीमा आक्रमण गर्यो।
kadesh Barnea मा बसेका म लगायत ३७ जना साथी मिसाइलको दरलाग्दो आवाज र आकाशमा देखिएको धुवाले हामी त्रसित भयौं।
गाजापट्टीमा भएको हमलामा Farwestern University बाट Earn and Learn program मा आएका हाम्रो १७ जना साथी परेको र बेपत्ता भएको खबर सुनेपछी मन झनै आत्तियो।
त्यो समयमा रुनु र प्राथना गर्नु बाहेक हामी संग कुनै अर्को बिकल्प थिएन।
आक्रमण भएको ठाउँ (गाजापट्टी) नजिक झण्डै ५-७ किलोमिटरको दुरिमा हाम्रो Agriculture and Forestry University बाट Earn and Learn program मा आएका २६ जना साथी shorashim nursery farm र saidi ronen flower farm मा परेका साथिहरु आफ्नो ज्यान जोगाउन बंकर भित्र लुक्न सफल भयोे।
उनीहरूलाई निरन्तर सम्पर्क गर्दा एउटै उत्तर हुन्थ्यो ” धेरै त्रसित छौँ, बन्दुकको आवाज छेउमै सुनिन्छ, बम, मिसाइल र रकेटको आवाज सुन्दा त झन यो अन्तिम सास होला भन्ने लाग्छ।” यस्ता उत्तर सुनेर यहाँ kadesh Barnea ziman farm मा बसेका हाम्रो डरको सिमा रहेन। रातभरी अनेक थरिको कुराहरु मेरो मनमा खेल्न थाल्यो र त्रसित अवस्थामा बस्यौं । हामी Ramat Negev International training center र AFU द्वारा आयोजित Earn And Learn program को राम्रो र नराम्रो पक्ष हेरेर केही सिक्ने र कमाउने उदेश्यले इसराइल आएका थियौं तर अचानक यस्तो अवस्थामा फस्दा एक्दमै त्रसित भएका छौँ।
भोलिपल्ट आइतबार साझ बेपत्ता भएका १७ साथिहरु मध्ये १० जनाको मृत्यु र ७ जना हालसम्म बेपत्ताको खबर पाएर मन झनै भक्कानियो। Nursery farm र Flower farmको साथिहरु bunker मा लुकेर बसेका साथिहरुको चिन्ता बढ्दै गएको थियो। अन्य देशले आफ्नो नागरिकहरुलाई charter plane मा स्वदेश पठाउने खबर सुन्दा आफ्नो सरकारमाथी रिस नउठेको पनि होइन ।
आज सोमबार बिहानैदेखि मेरा सुभचिन्तकहरुले फोन र मेसेज गरेर मेरो हालखबर सोध्दा धेरैलाई मैले जबाफ दिए केहिलाई मैले दिन पाको छैन। म बसेको ठाउँ गाजापट्टिबाट निकै टाढा भएकाले अहिले सम्म सुरक्षित छौँ तर भबिस्य कसलाई थाहा छ अन्य असुरक्षित farm को बंकरमा लुकेर बसेका २६ जना हाम्रा साथिहरुको सुरक्षित ठाउँमा उद्दारका लागि प्राथना सहित विभिन्न निकायमा सम्पर्क गर्दै छौँ र यहाँको Nepal embassy, RNIT Program coordinator र NRN ले प्रयास पनि गरिरहेका छन तर अझ पनि हाम्रा २६ साथिहरु असुरक्षित ठाउँमै छन। यहाँ घटेको घटनालाई मध्यनजर गर्दै हाम्रो Vice chancellor पुन्य प्रसाद रेग्मी सहित प्रधानमन्त्रीसंगको आकस्मिक बैठकले निम्न निर्णयहरु निकाले
१. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने ।
२. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने ।
३. परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने ।
४. यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने ।
५. इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।
६. इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने ।
७. अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउन प्रबन्ध गर्ने ।
८. इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
९. इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने । नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
१०. इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने ।
११. यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने ।
आशा छ इजरायल सरकारले हवाई आउने जाने निर्णय दिइसकेपछि उल्लेख गरिएका वाचाहरु नेपालसरकारलगायत अन्य सम्बन्धित निकायले पूरा गर्नु हुनेछ। इजरायलमा ज्यान गुमाएका साथिहरु प्रती मेरो हार्दिक श्रद्धाञ्जली
“दस त गुमायौ अरु गुमाउन चाह्दैनौ भने ढिला नगर्नु सरकार!