बागमतीका चार मन्त्रीले दिए राजीनामा
९ साउन, हेटौंडा ।
बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । स्रोतका अनुसार, मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । जसको ड्राफ्ट तयार भइसकेको छ । उक्त ड्राफ्ट तयार गरेर प्रस्ताव दर्ता गर्ने तयारी रहेको स्रोतले अनलाइनखबरलाई बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment