राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
४ चैत, काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक भोलि दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने तय भएको पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल हुनेछ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको स्वरूप र भावी रणनीति निर्माणको विषयमा बैठक केन्द्रित हुनेछ ।
एक्लाएक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबै मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्नेमा राप्रपा नेपालले विगत लामो समयदेखि जोड दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment