२६ जेष्ठ २०८२, आईतवार

मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?

 

१२ फागुन,  पश्चिमी वायुका साथै स्थानीय वायु पनि सक्रिय भएपछि देशका केही ठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा हल्का, मध्यमदेखि अति भारी वर्षा भएको छ । विभागका विभिन्न स्टेसनमध्ये मोरङको केराबारी स्टेसनमा अत्यधिक वर्षा मापन भएको छ । केराबारीमा ४०१.२ मिलिमिटर मापन भएको छ ।

केराबारीमा भएको मापन अति भारी वर्षा हो ।  २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तो वर्षाका कारण आकस्मिक बाढीको जोखिमसमेत हुन्छ । यस्तै गत २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । त्यहाँ ३६ .४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९.६ मिलिमिटर पानी परेको छ । मकवानपुर र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ ।

आज पनि देशभर मौसम बदली भएको छ । कोशी प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमी भाषामा आंशिक बदली हुनु भनेको आकाशमा ५० प्रतिशतसम्म बादल देखिनु हो भने साधारण बदली भनेको ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिनु हो । त्यसैले  आज  मधेसबाहेकका बाँकी ६ प्रदेशका केही भू-भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?