सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू

सारांश

  • यही माघ १८ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा मंगलबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने युवाहरूलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पारे ।
  • उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए ।
  •  एमाले संददीय दलका नेता प्रधानमन्त्री ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदहरूलाई आग्रह गर्दै अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिए ।

 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन् ।

यही माघ १८ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा मंगलबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने युवाहरूलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पारे । उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए । एमाले संददीय दलका नेता प्रधानमन्त्री ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन

सांसदहरूलाई आग्रह गर्दै अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिए । उनले राष्ट्रिय एकता, हित, स्वाधिनता र सार्वभौमसत्ताका पक्षमा स्पष्टताका साथ सरकार प्रस्तुत हुने र जनताको सुशासनका पक्षमा नीतिगत स्पष्टता र व्यवहारिक रूपमा दृढताका साथ प्रस्तुत हुनुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले नेपाल दुवै छिमेकी मुलुकसँग साँच्चैको सन्तुलित,  मित्रतापूर्ण, आशंकारहित र पारस्परिक लाभका आधारमा सुदृढ गर्दै लाने र छिमेकीको विकासको लाभ लिने बताए । उनले नेपालले छिमेक सम्बन्धलाई विशेष प्राथमिकता दिने र अन्तर्राष्ट्रिय सम्बन्धलाई देखिने र सुनिने बनाउने पनि जनाए ।

‘केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको छ । हामी शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रमा ध्यान दिएर काम गरिरहेका छौँ । हामीले सरकारका नेतृत्व गरिरहँदा असाधारणरुपमा काम गर्नुपर्दछ ।  अहिलेको संयुक्त सरकार आगामी निर्वाचनसम्म जानेछ । सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गरिएको प्रचारको कुनै अर्थ छैन’, प्रधानमन्त्री ओलीले भने, ‘श्रीलङ्का र बंगलादेशका उदाहरणका कुरा गरे पनि नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरु प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ
आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
हराएका आमा छोरीको श*व भेटियो, छोरा अझै बेपत्ता 
हराएका आमा छोरीको श*व भेटियो, छोरा अझै बेपत्ता 
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने