२७ जेष्ठ २०८२, सोमबार

अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प

 

२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शुरूआती अग्रता हासिल गरेका छन् ।

निर्वाचनको पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले ४६ दशमलव ८ प्रतिशत मत प्राप्त गरेकी छन् भने पूर्व राष्ट्रपति ट्रम्पले ५१ दशमलव ७ प्रतिशत मत ल्याएका छन् । ५ सय ३८ इलेक्टोरल कलेजमध्ये ट्रम्पले २३० वटामा जीत हासिल गरेका छन् भने ह्यारिसले १९२ जीत हात पारेको एसोसिएटिड प्रेस (एपी)ले जनाएको छ ।

स्वीङस्टेटमा ट्रम्पको अग्रता

अमेरिकी समयअनुसार राति ११ बजेसम्मको मतगणनामा ट्रम्पले महत्त्वपूर्ण स्वीङ स्टेटहरूमा अग्रता लिएका छन् । पेन्सिल्भेनियामा ६७% मतगणना हुँदा ट्रम्पले अग्रता लिएका छन् भने विस्कन्सिनमा ५९% मतगणना हुँदा पनि ट्रम्प नै अगाडि छन् ।

योसँगै जर्जिया (९०%), एरिजोना (५०%) र उत्तर क्यारोलिना (८६%) मा पनि ट्रम्पले अग्रता कायम राखेका छन् । यद्यपि, कुनै पनि स्वीङ स्टेटको नतिजा एसोसिएटेड प्रेसले आधिकारिक रूपमा घोषणा गरेको छैन । नेभाडाको नतिजा अझै पनि प्रतीक्षामा छ ।

सबैभन्दा अन्तिम स्वीङ स्टेट नेभाडामा स्थानीय समयानुसार राति १० बजे मतदान समाप्त भएको हो । पेन्सिल्भेनिया र विस्कन्सिनमा क्रमशः ५४% र ४८% मतगणना हुँदा ट्रम्प अगाडि छन् भने मिशिगन र एरिजोनामा क्रमशः २०% र ४८% मतगणना हुँदा ह्यारिस अगाडि छिन् ।

जर्जिया र नर्थ क्यारोलिनामा अधिकांश मतगणना सम्पन्न भए पनि यी राज्यहरू अझै ‘टु क्लोज टु कल’ अवस्थामा छन् ।

एरिजोनामा मतदानको समयथपियो  

एरिजोनाको एच काउन्टीका केही मतदान केन्द्रहरूमा मतदान मेशिन तथा प्रिन्टरहरूमा समस्या देखिएपछि मतदान समय थप गरिएको थियो । यस क्रममा नौ मतदान केन्द्रमा मतदान समय दुई घण्टा थप गर्दै राति ९ बजेसम्म मतदान जारी राख्न अदालतले अनुमति दिएको हो।

ट्रम्पको १८भन्दा बढीराज्यमा विजय

एपीको ताजा नतिजाअनुसार ट्रम्पले मिसौरीमा पनि जीत दर्ता गरेपछि अग्रतामा पुगेका छन् ।

यस नतिजासँगै ट्रम्पले हालसम्म १८ भन्दा बढी राज्यमा विजय हासिल गरेका छन् । तर, महत्त्वपूर्ण स्वीङ स्टेटहरूमा हालसम्म कुनै नतिजा आधिकारिक रूपमा पुष्टि भएको छैन ।

ल्याटिनोमतदातामा ह्यारिसको प्रभाव कम  

ल्याटिनो मतदातामध्ये केहीले ह्यारिसलाई समर्थन गरे पनि उनको समर्थनको स्तर जो बाइडेनको भन्दा कम देखिएको छ ।

सीएनएनको एक्जिट पोलका अनुसार ६५% ल्याटिनो मतदाताले बाइडेनलाई समर्थन गरेकोमा यसपटक ह्यारिसलाई थोरै मात्र मतदाताले समर्थन गरेका छन् ।

यसै क्रममा ट्रम्पले ल्याटिनो पुरुष मतदातामा बढ्दो प्रभाव देखाएका छन् ।

सट्टेबाजीको बजार

अमेरिकी निर्वाचनमा सट्टेबाजीको अभ्यास पनि हुने गरेको छ । सट्टेबाजी साइट पोलिमार्केट अनुसार ट्रम्पको जीतको सम्भावना ७५% भन्दा माथि पुगेको छ । यद्यपि यो नतिजा वास्तविक नतिजासँग मेल  नखाने सम्भावना पनि रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पेन्सिल्भेनियामा बम धम्की  

पेन्सिल्भेनियाको बेल्फोन्टमा रहेको सेन्टर काउन्टी निर्वाचन कार्यालयमा बम रहेको धम्की दिइएको सीएनएनले जनाएको छ । त्यसपछि उक्त भवनलाई केही समयका लागि खाली गराइएको थियो ।

यद्यपि धम्की अविश्वसनीय रहेको पुष्टि भएको छ । एफबीआईले यस्ता धम्कीहरूलाई रुसी स्रोतहरूले प्रेरित गरेको हुन सक्ने अनुमान गर्दै अनुसन्धान गरिरहेको छ ।

ट्रम्पले टेक्सास, ओहायो, नेब्रास्का, नर्थ डाकोटा, साउथ डाकोटा, लुइसियाना, वायोमिङमा जीत हासिल गरेका छन् भने ह्यारिसले न्युयोर्कमा जीत दर्ता गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?