सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ५, २०८१
|
|
१०९ पटक हेरिएको
Shares
आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन

सारांश

  • जनमत पार्टीले आन्दोलनको तयारी गर्न सबै तहका संगठनलाई निर्देशन दिएको छ।
  • आइतबार काठमाडौंको मध्यबानेश्वरमा रहेको पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले देशको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनका लागि तयारीमा रहन निर्देशन दिने निर्णय गरेको हो।
  • बैठकले आगामी २०८१ मङ्सिरमा हुने स्थानीय उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।

 

काठमाडौं ‌। जनमत पार्टीले आन्दोलनको तयारी गर्न सबै तहका संगठनलाई निर्देशन दिएको छ। आइतबार काठमाडौंको मध्यबानेश्वरमा रहेको पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले देशको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनका लागि तयारीमा रहन निर्देशन दिने निर्णय गरेको हो।

बैठकले आगामी २०८१ मङ्सिरमा हुने स्थानीय उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। सो समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पूर्वअध्यक्ष, वडाअध्यक्ष र पूर्ववडाअध्यक्षहरू रहनेछन्।

 

निर्वाचन परिचालन समितिले कात्र्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउने निर्णय पनि भएको छ।

बैठकमा पार्टी संगठनलाई अझ सशक्त तरिकाले अगाडि बढाउने र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै, २०८४ को निर्वाचनमा बहुमत ल्याई तीनवटै तहमा सरकार बनाउन आवश्यक तयारी गर्ने निर्णय भएको जनाइएको छ। जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले पार्टीलाई बलियो बनाउन सामूहिक प्रयासको आवश्यकता रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी
कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग