गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
२६ साउन, हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा धेरै व्यक्तिको मृत्यु भएको जनाएको छ।![]()
इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमान्ड एन्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ। गाजाको सिभिल डिफेन्स एजेन्सीले दराज जिल्लामा भएको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ।इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमान्ड एन्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ। गाजाको सिभिल डिफेन्स एजेन्सीले दराज जिल्लामा भएको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ।![]()
तर बीबीसीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ। सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले एएफपी समाचार एजेन्सीसँग मृत्यु हुनेको संख्या ९०–१०० को बीचमा भएको र धेरै व्यक्ति घाइते भएको बताएका छन्।प्यालेस्टाइनबाट विस्थापित मानिसहरूलाई राखिएको विद्यालयमा तीनवटा इजरायली रकेटले आक्रमण गरेको बताइएको छ। यसअघि टेलिग्राममार्फत सिभिल डिफेन्सका प्रवक्ताले यसलाई ‘नरसंहार’ भनेका छन्। इजरायली सेनाले भने अल-ताबाइन स्कुलमा रहेको हमास कमान्ड एन्ड कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास ‘आतंककारीहरू’लाई आक्रमण गरिएको दाबी गरेको छ। ![]()



Post Comment