बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण
बिरामी बोकेर डोल्पाबाट नेपालगञ्जका लागि उडेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा आकस्मिक अवतरण गरिएको छ।
लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर बीसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो। मौसम खराब भएपछि लेकवेशी नगरपालिका-६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए। सैनिक हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरिएको हो। मौसममा केही सुधार आएपछि अहिले हेलिकोप्टरलाई सुर्खेत विमानस्थल ल्याइएको डीएसपी विश्वकर्माले बताए।
बिरामी सशस्त्र प्रहरीका असई बीसीलाई उपचारको लागि एम्बुलेन्स मार्फत प्रदेश अस्पताल, कालागाउँ लगिएको छ। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment