केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार

  ५ जेठ, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) मा आइतबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल भएको छ। यस खेलमा गुजरात टाइटन्सले १० विकेटले जित हासिल गरेको छ। तर खेलमा भारतीय टोलीका  ब्याट्सम्यान केएल राहुलले आफूलाई टी–२० क्रिकेटमा सबैभन्दा भरपर्दो र क्लासिक ब्याट्सम्यानको रुपमा प्रमाणित गरेका छन्। खेलमा राहुलले ६० बलमा शतक बनाए। यो उनको […]

भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै

  ५ जेठ, काठमाडौं– सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुने भएको छ । कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा जेठ ९ र १० गते बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । […]

नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य

  ५ जेठ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपाललाई यूएईले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन जोडेको हो । यूएईका लागि ओपनर […]

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

  ४ जेठ, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगतिा अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्। आजको पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुनेछ । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे जयपुरमा सुरु हुनेछ । आइपीएलमा १२ खेलमा केवल ६ अंक रहेको राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ । भने […]

स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै

  ३ जेठ, काडमाडौं। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ । आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो । भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू […]

साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा

  २ जेठ, काठमाडौं ।  नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनल पुग्न चुकेको छ । शुक्रबार भारतमा सम्पन्न सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल फाइनल पुग्न चुकेको हो । फाइनलमा नेपालको प्रदर्शन अपेक्षाकृत रहन सकेन । बंगलादेशले दोस्रो हाफमा केही अन्तरमा दुई गोल गरेपछि नेपाल दबाबमा परेको थियो । नेपालले एक गोल फर्काए पनि […]

नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश

  २ जेठ, काठमाडौँ। नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूहविजेताका रुपमा सुपर-३ मा प्रवेश गरेको हो। नेपालले ४ खेलमा २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको थियो । […]

साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

  २ जेठ, काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनल खेलहरु हुँदैछ । पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।नेपाल र बंगलादेशबीचको खेल गोल्डेन जुब्ली स्टेडियम, युपियामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को विजेता बन्दै […]

विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ

१ जेठ, काठमाडौं ।  आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले वर्षाले प्रभावित खेलमा बहराइनलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ । थाइल्याण्डमा बिहीबार सम्पन्न खेलमा बहराइनले पहिलो ब्याटिङ गर्दै १२.४ ओभरमा ७६ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भयो । त्यसपछि डकवर्थ-लुइस विधिअनुसार नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइयो । […]

वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल

  १ जेठ, काठमाडौँ – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल वर्षाका कारण रोकिएको छ। थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा बहराइनले ब्याटिङ गरिरहँदा वर्षाले रोकिएको हो। टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाउँदा खेल स्थगित भएको छ। वर्षाका कारण रोकिएको खेल कतिबेला सञ्चाल हुने […]