साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
२ जेठ, काठमाडौं ।
नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनल पुग्न चुकेको छ । शुक्रबार भारतमा सम्पन्न सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल फाइनल पुग्न चुकेको हो ।
फाइनलमा नेपालको प्रदर्शन अपेक्षाकृत रहन सकेन । बंगलादेशले दोस्रो हाफमा केही अन्तरमा दुई गोल गरेपछि नेपाल दबाबमा परेको थियो । नेपालले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment