चट्याङ लागेर दुई जना घाइते

  १४ भदौ , गुल्मीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ अमरपुरका ३५ वर्षीया राधा बिक र ३० वर्षीया सीता बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । घाइते दुवैको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज […]

बेपत्ता ३ वर्षीया बालिकाको शव फेला

  १४ भदौ , बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ ।  बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बारबर्दिया–९ कतरनियाकी प्रिन्सी चौधरी बिहीबारदेखि बेपत्ता थिइन् । उनलाई नहरले […]

पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु

  १४ भदौ , झापा- पाँचथरको फालेलुङ गाउँपालिका- ५ प्राङवुङको डाँडागाउँ टोलमा हिजो भएको विस्फोटमा परी दुई दाजुबहिनीको मृत्यु भएको छ।उपचारका लागि झापातर्फ ल्याउने क्रममा स्थानीय दिलिप साँवाका अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ वजे बिएन्डसी अस्पताल, बिर्तामोड ल्याइपुर्‍याउँदा […]

पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण

  १४ भदौ , पूर्वी नवलपरासी — भदौ दोस्रो सातासम्म पूर्वी नवलपरासीका ४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार यहाँका ८ वटा पालिकाका १९ महिलासहित ४४ जनामा डेंगी संक्रमण भएको हो । कावासोतीमा १० जना , विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोट गाउँपालिकामा ९ जनामा डेंगी संक्रमण भएको छ […]

कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता

  १३ भदौ , धनगढी, । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट आज कर्णाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसोतिर नाम, थर र वतन नखुलेको महिलाले पुलबाट नदीमा हाम फालेकी हुन्। अन्दाजी करिब ४४/४५ वर्षकी महिलाले नदीमा हाम फालेको खबर पुलमै ड्युटीमा खटेको प्रहरी सहायक हवल्दार लोकराज भण्डारीले गरेपछि […]

बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो

  १३ भदौ ,नेपालगन्ज । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज […]

घरमा झगडा भएकै दिन श्रीमतीको हत्या, श्रीमान फरार

  १३ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भयो ।हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गतेमात्रै होटलको कोठा नम्बर २०५ मा फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार न्यौपानको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘अनुसन्धानमै रहेकाले […]

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

१२ भदौ ,काठमाडौँ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर सार्वजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको […]

टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ

१३ भदौ ,काठमाडौँ —अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासका अनुसार संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार बेलुका पक्राउ गरिएको हो । संदिग्धलाई बुधबार बेलुका ८ बजेलगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भदौ,  । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटी जानकारी दिए । उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको […]