वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
सारांश
- अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग भएको वार्ता असफल भएपछि पाकिस्तानबाट फर्किएका छन् ।
- उनी इस्लामावादबाट वाशिङ्टनतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ ।
- प्रस्थानअघि उनले हात हल्लाउँदै बिदाइ जनाएका थिए ।
२९ चैत, अमेरिका ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग भएको वार्ता असफल भएपछि पाकिस्तानबाट फर्किएका छन् । उनी इस्लामावादबाट वाशिङ्टनतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ । प्रस्थानअघि उनले हात हल्लाउँदै बिदाइ जनाएका थिए ।

करिब २१ घण्टा चलेको उच्चस्तरीय वार्तामा दुवैपक्षबीच सहमति हुन नसकेपछि अमेरिकी प्रतिनिधिमण्डलले वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको छ । वार्तामा इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताइएको छ । यससँगै अमेरिकी टोली अब वाशिङ्टन फर्किएको छ, र वार्ताको भविष्य अनिश्चित बनेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया