उनले ज्ञानेन्द्र शाही आफ्नो सधैंको साथी भएको भन्दै अन्य राजनीतिक सहकार्य बाँकी नै रहेको जिकिर गरे । ‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?,’ उनले भने ।
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
सारांश
- रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् ।
- सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको बताए ।
- उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए ।
२७ चैत, काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् । सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको बताए । उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए ।

त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र ? सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सहि निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केहि होइन ।


प्रतिक्रिया