Press 4K
शुक्रबार, २७ चैत्र २०८२

ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
८९ पटक हेरिएको
Shares
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् ।
  • शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उनले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताए ।
  • उनले भने,‘राजनीतिक रुपले प्रतिशोध लिने ढंगले कुनै पनि काम कारवाहीहरु हुन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गछौं ।

 

२७ चैत,काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उनले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताए ।

उनले भने,‘राजनीतिक रुपले प्रतिशोध लिने ढंगले कुनै पनि काम कारवाहीहरु हुन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गछौं । केपी ओली र रमेश लेखकको पक्राउ विधिका विरुद्ध र सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध गरिएको थियो । तथापी त्यसलाई सामान्यकरण गरियो ।’ त्यस्तै उनले सम्पति छानविनको लागि नेकपाका सम्पूर्ण नेताहरु तयार रहेको बताए । ४६ सालदेखिको मात्रै नभई ७ सालदेखि कै सम्पति छनाविन गर्नुपर्ने उनको माग छ ।
‘सम्पति छानविनको लागि हाम्रो पार्टी एकदमै तयार छ । हाम्रो पार्टीको सबै नेताहरुको छानविन होस्, तर २०४६ साल यताका मात्र होइन् । जुजसुकै कालखण्डमा गलत ढंगबाट सम्पति जोडेका ७ सालदेखिकै सबैलाई छानविन गर्नुपर्छ ।उनीहरुलाई किन जोगाउँदै छ यो सरकारले ?,’उनले भने ।

त्यस्तै नेता देवेन्द्र पौडेलले पुराना दलरुहरुले केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने गलत भाष्य निर्माण भएको बताए । हिजोपनि ठूला नेताहरुले गल्ति गर्दा सजाए पाएको उदाहरण दिँदै उनले अहिले नै पुरानाले गरेनन् नयाँले गरे भनेर तुलना गर्ने बेला नआएको धारणा राखे । उनले भने, ‘फिल्महरुले जस्तै देश अगाडि बढ्छ जस्तो मलाई लाग्दैन् । पुराना दलरुहरुचाँही केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने मलाई लाग्दैन् । संविधान बनाए, व्यवस्था फेरिए, कतिपय सुशासनको क्षेत्रमा पनि काम गरे । कमि कमजोरीहरु गर्ने पुरानाहरुलाई पनि हिजो अख्तियार थियो । कारवाही पनि गर्दै आएको हो । हिजोपनि कतिपय ठूला नेताहरु दण्डको भागिदार हुँदै आएको हुन् । त्यसैले पुरानाले गरेनन् नयाँले गरे भनेर अहिले नै तुलना गर्ने बेला आएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ
ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
नेपाली सेनामा पुजारीदेखी भिडिओग्राफर सम्म ३८८ कर्मचारी माग
नेपाली सेनामा पुजारीदेखी भिडिओग्राफर सम्म ३८८ कर्मचारी माग
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा
एमालेको सचिवालय बैठक सुरू
एमालेको सचिवालय बैठक सुरू
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...