सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
सारांश
- रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
- सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
- आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने ।
२७ चैत, काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने । आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको भन्दै उनले त्यसलाई स्मरणमा राख्न सांसदहरूलाई भने । ‘यो जेनजी भाइ बहिनीको बलिदानले यहाँ आइपुगेका छौं,’ सभापति लामिछानेले भनेका छन् ।

दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए । यद्यपि उनले बैठकमा केही पनि बोलेनन् । संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ । रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उपसभामुखको निर्वाचन आज हुँदैछ ।

प्रतिक्रिया