नगरसुधारका लागि १० बुंदे ज्ञापनपत्र
सारांश
- सर्लाही, २४ चैत ।
- सर्लाहीको गोडैता नगरपालिकामा स्थानीय युवाहरू सक्रिय रहेको ‘जेन्जी संघर्ष समिति’ले मंगलबार नगरपालिकामा १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
- समितिका अध्यक्ष बेदप्रकाश झाले नगर प्रमुख देवेन्द्र कुमार यादवसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै नगरको आधारभूत सेवा सुधारमा तत्काल पहल गर्न आग्रह गरेका छन्।
सर्लाही, २४ चैत ।
सर्लाहीको गोडैता नगरपालिकामा स्थानीय युवाहरू सक्रिय रहेको ‘जेन्जी संघर्ष समिति’ले मंगलबार नगरपालिकामा १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। समितिका अध्यक्ष बेदप्रकाश झाले नगर प्रमुख देवेन्द्र कुमार यादवसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै नगरको आधारभूत सेवा सुधारमा तत्काल पहल गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा नगरको सरसफाई व्यवस्थापन प्रभावकारी बनाउन, लामखुट्टे नियन्त्रणका लागि नियमित औषधि छर्किने व्यवस्था मिलाउन, शुद्ध खानेपानीको सुनिश्चितता गर्न तथा जडान गरिएका CCTV क्यामेराहरूको मर्मत सम्भार गर्नुपर्ने मुख्य मागहरू उल्लेख गरिएको छ। त्यसैगरी सडक बत्ती मर्मत, ढल निकास व्यवस्थापन, सार्वजनिक स्थलहरूको संरक्षण र स्वास्थ्य सरसफाईसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय पनि समेटिएको छ।
समितिले नगरपालिकाले यथाशीघ्र मागहरू सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। “हामीले शान्तिपूर्ण रूपमा आफ्ना माग राखेका छौं, तर बेवास्ता गरिएमा चरणबद्ध आन्दोलन गर्नेछौं,” अध्यक्ष झाले बताए।

ज्ञापनपत्र: 

प्रतिक्रिया