मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

सारांश

  •   ३० फागुन, काठमाडौं ।
  • मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा १० जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ ।

३० फागुन, काठमाडौं ।

मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ ।गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन ।

युएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले सामाजिक सञ्जालमा झुटा र भ्रामक भिडिओ क्लिप सार्वजनिक गरेको आरोपमा ती १० जनालाई पक्राउ गर्न आदेश दिएका हुन् । अनुसन्धानपछि पक्राउ परेका अभियुक्तलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको त्यहाँको प्रहरीलाई उधृत गर्दै गल्फन्युजले जनाएको छ ।डिजिटल प्लेटफर्ममा निरन्तर निगरानीका क्रममा ती व्यक्तिहरूले मध्यपूर्वको क्षेत्रीय घटनाक्रमको फाइदा उठाउँदै जनतालाई भ्रमित पार्ने र राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था तथा स्थिरता कमजोर बनाउने उद्देश्यले भ्रामक सामग्री प्रसार गरेको पाइएको अधिकारीहरूले बताएका छन् ।

ती व्यक्ति प्रसार गरेका सामग्रीमा एयर डिफेन्स सिस्टमले गरेको प्रतिरक्षाका वास्तविक दृश्य, मानिसका भीडजस्ता दृश्य पनि भेटिएको अधिकारीहरूले जनाएका छन् । यस्तै कतिपय एआईको दुरुपयोग गरेर बनाएका नक्कली भिडिओसमेत सामेल भएको भनिएको छ । जसमा युएईका विभिन्न स्थानमा ठुला विस्फोट, प्रमुख स्थलहरूमा आक्रमण र भीषण आगलागी जस्ता भ्रामक दृश्य देखाइएको भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव
हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न