Press 4K
आइतबार, २२ चैत्र २०८२, १० : ४८ : १३

दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी

सारांश

  •   २८ फागुन,काठमाडौं ।
  • भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।
  • भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै उक्त सम्मेलनमा विशिष्ट वक्ताको रूपमा आमन्त्रण गरेका हुन् ।

 

२८ फागुन,काठमाडौं ।

भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् । भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै उक्त सम्मेलनमा विशिष्ट वक्ताको रूपमा आमन्त्रण गरेका हुन् ।

सम्मेलन मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने भएको छ । सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकले बताएका छन् ।

सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा हार्वर्ड, एमआईटी, अक्सफोर्ड र स्ट्यानफोर्ड जस्ता विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूका साथै ३० भन्दा बढी देशका सांसदहरूको सहभागिता रहनेछ । अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका व्यक्तित्वहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...