विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
९ पटक हेरिएको
Shares
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

सारांश

  •   २८ फागुन,काठमाडौं ।
  • चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ ।
  • नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.

२८ फागुन,काठमाडौं ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ । असार मसान्तमा २४ खर्ब १४ अर्ब रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महीनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति बैंकिङ क्षेत्रसँग २१.३ महीनाको वस्तु आयात तथा १८ महीनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
एमाले देश र जनताका लागि क्रियाशील छः ओली
एमाले देश र जनताका लागि क्रियाशील छः ओली
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै