रास्वपासँग फेरि छलफलमा जुटे कुलमान

Raju Yadav Raju Yadav
|
सोमबार, पौष १४, २०८२
|
|
२ पटक हेरिएको
Shares
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान

सारांश

  •   १४ पुस, काठमाडौं ।
  • उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा जोडिएका छन् ।
  • पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए ।

 

१४ पुस, काठमाडौं ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा जोडिएका छन् । पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुन: छलफलका लागि गएको कुलमाननिटक एक नेताले बताए ।

स्रोतका अनुसार, केहीबेरअघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् । उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन । ‘रवि दाई भर्खरै बैठकबाट निस्कनुभयो,’ रास्वपा स्रोत भन्छ, ‘कुलमानजीसँग छलफल गर्न भनेर जानुभएको छ ।’ यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए । आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुन: छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ