स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

Raju Yadav Raju Yadav
|
बुधबार, पौष ९, २०८२
|
|
३ पटक हेरिएको
Shares
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

सारांश

  •   ९ पुष, काठमाडौं ।
  • नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् ।
  • खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।

 

९ पुष, काठमाडौं ।

नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।

उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’ नायिका खड्काले यस्ता गतिविधिबाट सावधान रहन र कुनै पनि आर्थिक कारोबार अघि राम्रोसँग पुष्टि गर्न समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?