हेटौँडामा गाँजासहित दुई युवक पक्राउ

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष ४, २०८२
|
|
५ पटक हेरिएको
Shares
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ

सारांश

  •   ३ पुस, हेटौँडा  मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।
  • प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय  निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय  सागर चेपाङलाई पक्राउ गरेको हो।
  • चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.

 

३ पुस, हेटौँडा 

मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय  निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय  सागर चेपाङलाई पक्राउ गरेको हो। चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुष्कर बोगटीले बताए ।

प्लाष्ट्रिकले प्याक गरेर झोलामा गाँजा लुकाएर ल्याएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आवमा ६ हजार ४ केजी गाँजा बरामद गरेको थियो । लागुऔषध ओसार पसार र कारोबार गरेको आरोपमा २८९ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ