‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
२ पटक हेरिएको
Shares
‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित

सारांश

  •   अन्ततः ‘गर या मर’को खेलमा जनकपुरविरुद्ध महत्त्वपूर्ण जित निकाल्दै रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा आफूलाई सुरक्षित राखेको छ।
  • लुम्बिनीले जनकपुरविरुद्ध ४ विकेटको जित हात पारेको हो।
  • हारसँगै जनकपुर नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ।

अन्ततः ‘गर या मर’को खेलमा जनकपुरविरुद्ध महत्त्वपूर्ण जित निकाल्दै रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा आफूलाई सुरक्षित राखेको छ।लुम्बिनीले जनकपुरविरुद्ध ४ विकेटको जित हात पारेको हो। हारसँगै जनकपुर नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ। यसअघि कर्णाली याक्स बाहिरिसकेको छ भने पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि सम्भावना सकिएको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले २०औँ ओभरको पहिलो बलमा पूरा गरेको हो। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो।

जनकपुरविरुद्ध १३३ रन पछ्याउने क्रममा लुम्बिनीका सुमित महर्जन गोल्डेन डकआउट हुनपुगे। त्यसपछि आएका डार्सी शर्टले ३० रन जोडे। उनले २४ बलमा दुई छक्का र एक चौका प्रहार गरे। उनलाई कुरेले एलबीडब्लु धरापमा पारे। निरोशन डिकवेलालाई सञ्जय कृष्णमूर्तिले एलबीडब्लु धरापमा पारे। उनले २० बलमा १७ रन जोडे। त्यसैगरी कप्तान रोहित पौडेलले ३२ बलमा ३४ रन हान्दा आशा गरिएका ब्याट्सम्यान सन्दिप जोराले पहिलो बल नै थेग्न सकेनन्। लुम्बिनीका लागि जेजे स्मितले २१ रनको योगदान गरे। रुबेन ट्रम्पलम्यान र दिलिप नाथले क्रमशः ६ र १५ रन बनाए। बलिङतर्फ संगीत कुरेले ३, सञ्जय कृष्णमूर्तिले १, अनिल साह ०, माज सदाकत ०, सचिन भट ०, मायान यादव २ र आदित्य महतले ० विकेट लिए। जनकपुरले ११ अतिरिक्त रन दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते
युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
बुधबार विदेशी मुद्राको विनिमयदर कति?
बुधबार विदेशी मुद्राको विनिमयदर कति?
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्