स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय पक्राउ

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२ पटक हेरिएको
Shares
स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय पक्राउ

सारांश

  • १२ मंसिर, पर्सा ।
  • पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी, थाना रक्सौल, वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्।

१२ मंसिर, पर्सा ।

पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी, थाना रक्सौल, वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन्।

पाठकका अनुसार साह मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट रु.१००० दरका ७०० थान र रु.५०० दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका साहमाथि थप अनुसन्धान थालिएको छ। प्रहरीका अनुसार स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको पाइएपछि यस विषयमा अनुसन्धान चलाइएको हो । हुण्डी कारोबार गैरकानुनी भएकाले यसले राष्ट्र बैंकको नियमनअन्तर्गत कानुनी कारबाहीको दायरामा पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा
दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान