डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२ पटक हेरिएको
Shares
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

सारांश

  • १२ मंसिर, काठमाडौं ।
  • भारत-नेपाल डिसाबिलिटी क्रिकेट शृंखलामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
  •   शुक्रबार १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो।

१२ मंसिर, काठमाडौं ।

भारत-नेपाल डिसाबिलिटी क्रिकेट शृंखलामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।  शुक्रबार १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो। नेपाली टोली आइतबार भारतको हरियाणा प्रस्थान गर्नेछ।

नेपाली टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवि धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी छन्। त्यस्तै, अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र  सदस्य अन्जना श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन्। प्रतियोगिता डिसेम्बर ३ देखि ५ सम्म हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?