मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता

Raju Yadav Raju Yadav
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता

सारांश

  • ३० कात्तिक, काठमाडौं ।
  • निर्वाचन घोषणा भएयता मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या २ लाख ८१ हजार १ सय २९ पुगेको छ ।
  • सरकारले मुलुक निर्वाचनमा होमिएको दाबी गर्दै आएको स्थितिमा निर्वाचनको घोषणापछि सो सख्ंयामा नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् ।

३० कात्तिक, काठमाडौं ।

निर्वाचन घोषणा भएयता मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या २ लाख ८१ हजार १ सय २९ पुगेको छ । सरकारले मुलुक निर्वाचनमा होमिएको दाबी गर्दै आएको स्थितिमा निर्वाचनको घोषणापछि सो सख्ंयामा नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् । जेन–जी विद्रोहपछि गत भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा सरकार बनेसँगै यही फागुण २१ गते हुने गरी प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको थियो ।

सरकारले अध्यादेश ल्याएर मतदाता नामावली दर्ता गराउने बाटो खोलेकोले असोज ९ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गराउने अवधि तोकिएकोमा पाँच दिन थप गरेपछि यो संख्यामा अझ वृद्धि हुने आयोगले जनाएको छ । त्यसै गरी राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन शुरु गरेपछि नयाँ मतदाताको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर शुक्रबार राति ९ः०० बजेसम्म ५० हजार २ सय १७ पुरूष, ३० हजार २ सय ३५ महिला र चार अन्य गरी ८० हजार ४ सय ५६ नयाँ मतदाता थपिएका छन् ।

सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औंठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको संख्या बढेको छ । आयोगले राष्ट्रिय परिचयपत्र भएकाहरूले शनिवार पनि अनलाइनबाट नाम दर्ता गराउन सकिने व्यवस्था मिलाएको थियो । राष्ट्रिय परिचयपत्र नभएका हकमा पहिले नै निवेदन दिइसकेकाहरुले मात्र शनिवार जैविक विवरण दिन सकिने व्यवस्था मिलाइएको थियो । आयोगका अनुसार सबै प्रदेशमा शनिवार पनि नामावली दर्ताका लागि जैविक विवरण दिन सकिने व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी
आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
बाराका प्र.जि.अ.विरुद्ध किन  तातिय सांसद किशान श्रेष्ठ
बाराका प्र.जि.अ.विरुद्ध किन तातिय सांसद किशान श्रेष्ठ
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै