बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

Raju Yadav Raju Yadav
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
३ पटक हेरिएको
Shares
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

सारांश

  • २७ कात्तिक, काठमाडौं ।
  • ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।
  • बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् ।

२७ कात्तिक, काठमाडौं ।

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको थियो,’ उनले थप लेखेका छन्, ‘अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए । तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ ।’ मन्त्री घिसिङले हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गरेका सम्पूर्ण उद्योगीहरुलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी