निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं

Raju Yadav Raju Yadav
|
शनिबार, कार्तिक २२, २०८२
|
|
२ पटक हेरिएको
Shares
निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं

सारांश

  • २२ कात्तिक, काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकका गभर्नर डा.
  • विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।

२२ कात्तिक, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथ काम गर्न उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

गभर्नर पौडेलले नयाँ बिजनेस बनाएर अघि बढ्नसके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको समेत बताए । ‘हामी नेपालीहरू सारा विश्वभर छौं । त्यो फिलिङ लिएर काम गर्नुभयो भने इकोनोमी माथि जान्छ । तपाईहरुलाई पनि धेरै समस्या छ । आई नो अबाउट इट । तर हामी कम्युनिकेशनमा बसौं । त्यसकारण तपाईहरूको मनोबल उच्च राख्नुस । गोभरर्मेन्टको म्यासेज पनि त्यही हो । हामी त्यही भन्छौं,’ उनले भने । अहिले वैधानिक सरकार रहेको र केही समय पछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढनका लागि निजी क्षेत्रले निरास भएर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

‘नयाँ बिजनेस बनाउनुस्, उच्च मनोवलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । तर तत्काल बैधानिक गभर्मेन्ट छ । हामीहरू सबैले तपाईंहरूसँग कम्युनिकेशनमा बसिराखेका छौं । यो अवसरलाई तपाईहरुले पोजेटिभली लिएर यसलाई युज गर्नतिर लाग्नुहोला,’ उनले भने, ‘इकोनोमीमा मनोबलको एकदमै ठूलो काम हुन्छ । त्यो मनोवलले हामीसँग पैसा पनि छ । हामीसँग गभर्नेन्स पनि छ । अव फेरी इलेक्टेड गोभरर्मेन्ट आउँछ । इन्डियाले ग्रो गरेको छ । चाईनाले ग्रो गरेको छ । हामी स्याड किन हुनुपर्‍यो,’ उनले भने । गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसुचि बाधकको रुपमा देखिएको उल्लेख गर्दै त्यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यक्ता समेत आँैल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन