छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

Raju Yadav Raju Yadav
|
आइतबार, कार्तिक ९, २०८२
|
|
२ पटक हेरिएको
Shares
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

सारांश

  •   काठमाडौं ।
  • छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् ।
  • कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ ।

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् ।

कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ ।

सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइन्छ । व्रतालुले कुलदेवता र छठी देवीलाई चढाएको खीर प्रसादस्वरुप खाने चलन छ, त्यस विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन व्रतालुले आत्मशुद्धिका लागि उसिनेको चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खाँदैनन् । मैथिलीमा अर्बा (नउसिनिएको अन्न) खाइने विधिलाई ‘अर्बा–अर्बाइन’ भनिन्छ । पहिलो दिन मनाइने ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका विधि हुन् ।

त्यसपछि दोस्रो दिन ‘खरना’ को दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

व्रतालुले आज सूर्यास्तपछि चन्द्रदर्शन गरि यो विधि सम्पन्न गर्ने छन् ।  ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको रुपमा लिने गरिएको छ । छठ पर्वको महत्त्वपूर्ण व्रत कात्तिक शुक्ल षष्ठी तिथि भोली गरिन्छ । सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । साथै, सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ: हमाल
सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ: हमाल
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा
जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्