राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन १४, २०८२
|
|
३ पटक हेरिएको
Shares
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

सारांश

  • १४ असोज, जनकपुर ।
  • जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँछ भराई तथा प्रसादी चढाउने श्रद्धालुभक्तजनहरुको भीड लागेको छ ।
  • राती १२ बजेदेखिनै श्रद्धालुभक्तजनहरु लाईनमा लागेर प्रसाद चढाउँदै छन् भने सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गर्दैछन् ।

१४ असोज, जनकपुर ।

जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँछ भराई तथा प्रसादी चढाउने श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । राती १२ बजेदेखिनै श्रद्धालुभक्तजनहरु लाईनमा लागेर प्रसाद चढाउँदै छन् भने सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गर्दैछन् । नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि गर्ने गर्छन् ।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने मान्यताका साथ खोइँछ भर्ने परम्परा मिथिलाञ्चलमा रहेको छ । खोइँछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचरसँग हुन्छ । आँचर महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचर यस्तो अमूल्य मानिन्छ, जसलाई बाँधिएमा खोइँछ र खोलेमा आँचर हुन्छ । खोइँछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान् शिवको प्रतीक मानिन्छ । जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ । मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जानेबेलामा पनि खोइँछ भर्ने परम्परा रहेको छ । यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?