स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन ६, २०८२
|
|
३ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’

सारांश

  • ६ असोज, काठमाडौं ।
  • स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा.
  • संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ ।

६ असोज, काठमाडौं ।

स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ । उनीविरुद्ध भ्रष्टाचार आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी गरेकी छन् । आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, उनी ‘विवादित पात्र’ भएको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् । तर, सिफारिस विवादित भएपछि हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । दिउँसो २ बजे शपथ ग्रहणको तयारी छ । मन्त्री बन्ने भनेर अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् मिश्राले स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।

उसो त उनी स्वास्थ्य सचिव हुन नपाएको झोकले ६ महिना बिदा बसेकी थिइन् । गत २१ फागुनमा स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी डा. मिश्राले निरन्तर बिदा थप्दै बसेकी थिइन् । जेनजी आन्दोलनका कारण स्वास्थ्य मन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औं तहकी अतिरिक्त सचिव डा. मिश्रा गत बिहीबार मन्त्रालय फर्किएकी थिइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरेकी थिइन् । उनी स्वास्थ्य सेवाकी १२औं तहकी उच्च अधिकारी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली गोलाबारीबाट कम्तीमा ६९ जनाको मृ*त्यु
गाजामा इजरायली गोलाबारीबाट कम्तीमा ६९ जनाको मृ*त्यु
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद