लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे

Raju Yadav Raju Yadav
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे

सारांश

  • ३ असोज, काठमाडौं ।
  • संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गरेका छन् ।
  • सन्देशमार्फत सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

३ असोज, काठमाडौं ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमार्फत सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले संविधान निर्माणमा योगदान पु¥याउने सम्पूर्ण व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले नेपाली जनताको करिब सात दशक लामो संघर्ष, त्याग र बलिदानबाट वि.सं. २०७२ साल असोज ३ गते जारी भएको संविधानले नेपाललाई सहभागितामूलक, समावेशी र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा अगाडि बढाउने महत्त्वपूर्ण दस्तावेजका रूपमा स्थापना गरेको उल्लेख गरेका छन् ।सन्देशमा संविधान जारी भएको एक दशकको यात्रामा नेपालले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सभामुख घिमिरेको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ अभ्यास अघि बढिरहेको पनि उनले बताए ।

हालै भदौ २३–२४ गते भएको भ्रष्ट्राचार विरोधी आन्दोलनका क्रममा हिंसा र क्षति भएको उल्लेख गर्दै, त्यस घटनाबाट संविधानप्रति जनभावना र संवेदनशीलता स्पष्ट देखिएको भन्दै लोकतन्त्रको अभ्यास संविधानमै सुरक्षित रहेको कुरामा उनले जोड दिएका छन् । ‘लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुन सक्छ,’भन्दै उनले संविधानको रक्षा गर्दै आवश्यक परे विधिसम्मत् परिमार्जनमार्फत समुन्नत र सभ्य समाज निर्माण गर्नु आजको आवश्यकता भएको दोहोर्याएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ ले नेपालीहरूमा संविधानप्रति सम्मान, राष्ट्रिय एकता, गौरव र समर्पणको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले पुनर्निर्माणको अभियानमा सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ