एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र २९, २०८२
|
|
४ पटक हेरिएको
Shares
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति

सारांश

  • २९ भदौ, काठमाडौं ।
  • नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् ।
  • आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस तथा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् ।

२९ भदौ, काठमाडौं ।

नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस तथा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् । भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो । उक्त आगजनी तथा तोडफोडमा संलग्न भन्दै बस्नेतले सामाजिक सञ्जालमा एक व्यक्तिको तस्बिर राखेका छन् ।

‘मेरो घरमा आगो लाउने मुख्य लिडर यो निलो सर्ट लाउने केटो दिपक बिक भन्ने रहेछ । यसको घर जाजरकोट रहेछ । यो भक्तपुरमा कोठा गरी बस्दो रहेछ,’ बस्नेतले लेखेका छन्, ‘अहिले यसको कोठा बन्द छ । अहिले भागेर घर जान खोज्दै रहेछ। बसपार्क क्षेत्रमा छ भन्ने सूचना आयो साथीहरुले तुरुन्तै यसलाई समातेर प्रहरीकोमा बुझाइदिनु ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?