प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण १४, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै

सारांश

  • १४ साउन, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमिनिस्तान जाने भएका छन्।
  •   राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्।

१४ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमिनिस्तान जाने भएका छन्।  राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्। ‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्‍यौँ विश्वको ध्यान खिच्यौँ। अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्केमिनिस्तान जाँदैछु। सायद यही १८ गते।’

उनले प्राकृतिक रुपमा भएको क्षतिलाई कसरी कम गर्दै लैजाने भन्नेबारे विश्वका विभिन्न मन्चमा सरकारले आफ्नो कुरा स्पष्ट राखेको ओलीको भनाइ छ। त्यस्तै ओलीले विकासशील राष्ट्र भइसकेपछि दिगो विकास गन्त्व्य पूरा गर्न लाग्नुपर्ने चुनौती रहेको सुनाए। ‘हामी विकासशील राष्ट्र भयौँ भनेर चुप लागेर बस्ने होइन त्यसपछि हामीले दिगो विकास गन्तव्य २०३० भित्र पूरा गर्ने कठोर चुनौती छ,’ उनले भने, ‘दुनियाँको धेरै देशभन्दा नेपाल अगाडि छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ