म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड

सारांश

  • ८ साउन, काठमाडौं ।
  • पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगानीको वातावरण बनाउनको लागि आफू नेतृत्वको सरकारले पहल गरेर कार्यक्रम नै बनाएको बताएका छन्।
  •  राइजिङ नेपाल समिट २०२५ मा कांग्रेस नेता मिनेन्द्र रिजालसँगको संवादमा सरकारले अहिले विभिन्न कार्यक्रमहरू कटौती गरेको गुनासो गरे।

८ साउन, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगानीको वातावरण बनाउनको लागि आफू नेतृत्वको सरकारले पहल गरेर कार्यक्रम नै बनाएको बताएका छन्। राइजिङ नेपाल समिट २०२५ मा कांग्रेस नेता मिनेन्द्र रिजालसँगको संवादमा सरकारले अहिले विभिन्न कार्यक्रमहरू कटौती गरेको गुनासो गरे। उनले त्यसबेला कृषि यसको उत्पादन, पर्यटन, यसका लागि आवश्य पूर्वाधार उर्जा क्षेत्र सबैभन्दा ठूलो स्रोतसँगै अहिलेको प्रविधिको विकासमा जोड दिएको बताए।

‘मेरो प्रधानमन्त्रीत्व कालमा नीति कार्यक्रम र बजेट। गम्भीर ढंगले सुधार गर्ने प्रयास गरेका थियौँ। जनप्रतिनिधिको आलोचना भइरहेको छ,’ उनले भने, ‘परम्परागत मात्र होइन, ऐन ल्याएर सुधार गर्ने प्रयास गरियो। प्राथमिकता छुट्याउँदा क्रम र रोजगारीको निम्ति र विषय क्षेत्र, कहाँ जोड दिने  विदेशबाट फर्किने नेपालीलाई बढी भन्दा बढी रोजगारी दिने कुरामा जोड दियौँ तर दुर्भाग्य छ अहिले त्यो सबै हटाइएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?