बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ

सारांश

  • ७ साउन, काठमाडौं।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ ।
  • अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो ।

७ साउन, काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ ।अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बतायो ।मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बुझाएको हो ।

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।‘त्यही सिलसिलामा हेर्दा तत्कालिन मन्त्री रञ्जिताले उनीसँग समेत रकम मागेको भेटियो’ अख्तियारस्रोतले भन्यो, ‘उनी मात्रै होइन, उनको नीजि सुरक्षा अधिकृत(पीएसओ)को मोवाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
रौतहटमा ४ साइकलसहित अवैध सालको काठ बरामद
रौतहटमा ४ साइकलसहित अवैध सालको काठ बरामद
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए